नेकपा नेता सुदर्शनका विषयमा भ्रामक र षड्यन्त्रपूर्ण समाचारको खण्डन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले हाल नख्खु कारागारमा रहेका उक्त पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का बारेमा केही सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचार भ्रामक, नियोजित र षड्यन्त्रपूर्ण भएको भन्दै उक्त झूट्टा प्रचारको खण्डन गरेको छ । साथै प्रतिधु्रवीय तत्वहरूले उक्त सुनियोजित षड्यन्त्र गरेको नेकपाको ठहर छ ।

नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट सुशीलले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरुवा, बढुवा, स्थानान्तरण वा जिम्मेवारी परिवर्तन पार्टी सङ्गठनको सामान्य प्रक्रिया भएको उल्लेख गर्नुका साथै सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक भएको भन्दै पार्टी केन्द्रीय कार्यालयको आधिकारिक धारणा स्पष्ट पारेका छन् । साथै विचार, सङ्गठन र कार्यदिशाबाट अलग भएका बाहेक कसैलाई कारबाही नगरिएको पनि कार्यालय सचिव सुशीलको विज्ञप्तिमा उल्लेख छ ।

स्मरणीय छ, केही दिनपहिले नयाँ पत्रिका दैनिकलगायत केही सञ्चारमाध्यममा जेलमा रहेका कारण स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ जिम्मेवारी मुक्त भन्ने समाचार प्रकाशित भएको थियो । त्यस्तै गम्भीरलगायत केन्द्रीय नेताहरूलाई कारबाहीलगायत समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित भएका थिए । त्यस्ता समाचारहरू सुनियोजित तरिकाले प्रकाशन तथा प्रसारण गरिएको भन्दै नेकपाले त्यस्ता समाचार आफ्नो पार्टीका विरुद्ध जालझेल र षड्यन्त्र भएको स्पष्ट पारेको छ । विज्ञप्तिकाे पूर्णपाठ…

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :