नेकपा निकट शिक्षक संगठनद्वारा अनसनप्रति सरकारको गैह्र कानुनी कार्यकाे घोर भत्र्सना (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका महासचिव रमेश रुपाखेतीले सोमबार एक विज्ञप्तिमार्फत शिक्षकहरुका अनसनप्रति सरकारको गैर कानुनी कार्यप्रति घोर भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा ‘अस्थाई शिक्षकहरुले विभिन्न माग राखी २०७६ बैशाख २० गतेदेखि शान्तिवाटीकामा अनसन बसिरहेको अवस्थामा शिक्षकहरुका जायज माग सम्बोधन गरी समस्याको समाधान खोज्नुपर्नेमा उल्टो प्रहरी लगाई बल प्रयोग गरी अनसन स्थलबाट आफूलाई गणतन्त्रको दुहाई दिने दुइतिहाईको वामपन्थी भन्ने सरकारले पञ्चायतलाई माथ गर्ने तरिकाबाट अनसन स्थलमा हस्तक्षेप गरी शिक्षक गिरफ्तार गरेकोप्रति अखिल नेपाल शिक्षक संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ भनिएको छ ।

आफुलाई अव्वल गणतन्त्रको दुहाईदिने सरकारले नै नेपालको संविधानको भाग ३को धारा १७ र ३४ बाट प्रदत्त अधिकारको उल्लंघन गरेको हुँदा सरकारको गैह्र कानुनी कार्यको भत्र्सना गर्दै गिरफ्तार शिक्षकहरुको रिहाई तथा अनसन तथा शिक्षकहरुको जीवन रक्षाकोलागि अविलम्ब वार्ता गर्न र सरकारले देशै भरी शिक्षकहरुमाथि गरेको गिरफ्तार दमन झुठा मुद्दा लगाउने कार्य बन्द गरोस् भन्नेसमेत विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

गिरफ्तार शिक्षकहरुको रिहाई, घाइतेको उपचार तथा अनसन शिक्षकहरुको जीवन रक्षा र सुरक्षाको जिम्मासमेत सरकारले लिँदै अविलम्व सर्वपक्ष वार्ताको वातावरण तयार गरी वार्ता प्रारम्भ गर्नसमेत शिक्षा मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउँछौं । साथै सरकारी दमनबाट विचल्लित नभई आफ्ना माग पूरा गराउने तर्फ आन्दोलनरत शिक्षकहरुलाई अघि बढ्नसमेत रुपाखेतीले विज्ञप्तिमार्फत आह्वान गरेका छन् ।
सरकारले गैह्र कानुनी रुपमा गरेको दमनप्रति मानव अधिकार आयोग, पत्रकार तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने सबैको ध्यानाकर्षण गराउँदै शिक्षकहरुका जायज माग पूरा गरी आफैले घोषणा गरेको विद्यायल शान्ति क्षेत्र भन्ने नाराप्रति सरकार इमान्दार रहोस् र यदि सरकार इमान्दार रुपमा प्रस्तुत नभए यसबाट निस्कने परिणामको सम्पूर्ण जिम्मेवारी सरकार हनेछ । विज्ञप्तिमा भनिएको छ । विज्ञिप्तकाे पूर्णपाठ….

 

२०७६ जेठ ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :