नेकपा निकट युवा संगठन, नेपालकाे विशेष जिल्ला भेला सम्पन्न


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, भेरी–कर्णाली व्युरो अन्तर्गत विशेष जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । रास्ट्रघाती, जनघाती र फासिवादी राज्यकाविरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौं ! एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाकालागि प्रथम भेला सफल पारौं !! भन्ने मुलनाराका साथ भेलाको प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय समितिका उपाध्यक्ष दिनेशले वर्तमान केपी–प्रचण्डको कथित नामधारी कम्युनिस्ट सरकार भ्रस्टाचारीहरुको संरक्षण गर्ने, दलालीहरुलाई लाईसेन्स दिने, रास्ट्रघाती र जनघातिलाई माया गरेर राखेकोले आजका युवाहरुले भ्रष्टाचारी, रास्ट्रघाती र जनघातीलाई जनताको कठ्घरामा ल्याएर जनकारबाही गर्नु पर्ने वताउनु भयो साथै भ्रस्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्न निर्देशन दिनु भयो । वैज्ञानिक समाजवाद ल्याउन अहिलेको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई पल्टाउन एकीकृत जनक्रान्तिको बाटो वैज्ञानिक र वस्तुवादी कार्यदिशा भएकोले युवाहरु क्रान्तिको बाटोमा अविचलित अघि वढ्न आह्वान गर्नु भयो ।

विशेष अतिथि तथा जिल्ला इन्चार्ज हिम शिखरले समाजमा हुने हरेक खालका विकृति विसंगति वढ्दै गएको हुनाले युवा संगठनले त्यसका विरुद्ध सामाजिक सुरक्षामा खट्न र मालेमावादको रक्षा र विकाससँगै विज्ञान र प्रविधिलाई जोड्दै बाँकी क्रान्तिको अधुरो काम पूरा गर्नु पर्ने बताउनु भयो । भेलामा जिल्ला सेक्रेटरी महेश जनसरकार प्रमुख संदेश युवा संगठन नेपालका केन्द्रीय सदस्य दिपले शुभकामना मनतव्य दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता तिलक पौडेलले गरेका थिए भने सञ्चालन सिद्धार्थले गरेका थिए । भेलाले तिलकको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

२०७६ भदौ २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :