नेकपा निकट मजदूर महासंघबाट विजय दर्नाल निष्काशन (वक्तव्यसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष शुक्रबार एक वक्तव्यमार्फत वर्गसंघर्षको बाटो त्यागी वर्गसमन्वयको बाटो रोजेका बिजय दर्नाललाई महासंघको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेका छन् ।

‘लाखौं श्रमिक वर्गको अग्रदस्ता अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ नेपाली श्रमजीवी मजदुरहरुको पूर्ण मुक्तिकोलागि संघर्षशील संगठन रहेको यहाँहरुलाई अवगतै छ । वर्तमान राज्यसत्ताले मजदुरहरुलाई आधुनिक दास बनाउनको निम्ति पुरानै व्यवस्था लादिएको छ । श्रम ऐन कानुन विपरीत श्रम शक्तिमाथि वेलगाम अन्याय अत्याचार श्रमिक जनताको श्रम शोषण अहिलेको सामाजिक दलाल, पुँजीवादी सरकारद्वारा भैरहेको छ । आम मजदुर वर्ग राज्यको नीति, नियमबाट प्रताडित बनिरहेको अहिलेको सन्दर्भमा क्रान्तिकारी मजदुर आन्दोलनलाई थप सशक्त बनाउन अनिवार्य जस्तै बन्न पुगेको छ । श्रमिक वर्गको आशा र भरोसा बन्न सफल हाम्रो संगठनले दलाल संसदीय व्यवस्थाको विरुद्ध आम शोषित पीडित नेपाली श्रमिक वर्गलाई गोलवन्द गर्ने कार्यले यहाँको दलालहरुको निद हराम तुल्याएको छ । तसर्थ नेकपाले अवलम्वन गरेको वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र मजदुरहरुको जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने निष्कर्ष सहित हाम्रो संगठन अगाडि बढिरहेको छ ।’ वक्तव्यमा भनिएको छ ।

अध्यक्ष झाँक्रीको वक्तव्यमा ‘यतिबेला हजारौं मजदुरहरुको न्यायको निम्ति क्रियाशील हाम्रो संगठनको थप जिम्मेवारी बढेको बेला महासंघको केन्द्रीय उपाध्यक्ष एवं पूर्वी कमाण्ड इन्चार्ज विजय दर्नाल (सर्वश्रेष्ठ) राष्ट्र र श्रमिक जनताप्रति गद्दारी गर्दै संगठन परित्याग गरी विरोधीको क्याम्पमा लम्पसार पर्दै गैर जिम्मेवार हर्कत देखाएको हुँदा उनको उग्र क्रान्तिकारी चरित्रको पर्दाफास भएको छ । वर्गसंघर्षको बाटो त्यागी वर्गसमन्वयको बाटो रोजेका बिजय दर्नाललाई महासंघको नीति विपरीत कार्य गरेकोले आजैका मितिबाट महासंघको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको छ ।’ भनिएको छ । वक्तव्यको पूर्णपाठ…

२०७६ जेठ ३१ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :