नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव शाही गिरफ्तार

18403364_818747274967643_8229764633382771055_n

काठमाडौंः बैशाख २७, नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका महासचिव हिरा शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव शाहीलाई बागबजारस्थित कार्यालय जादै गर्दा बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पुतलीसडकबाट गिरफ्तार गरेको हो ।

त्यसैगरी रसुवाली कविलाई बाटोमा हिडिरहेको अवस्थामा बागबजारबाट प्रहरीले विनाकारण गिरफ्तार गरेको समाचा र प्राप्त भएको छ ।

 नेकपाले तीन महिने एकीकृत जनजागरणा तथा चुनाव खारेजी अभियान  चलाएका छन् । नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पछिल्लो समय विनाकारण गिरफ्तार गर्ने कार्यलाई तिब्र बनाएको छ । गृह मन्त्रालयको सर्कुलर भन्दै प्रहरीले कार्यकक्ष तथा सडकमा हिडिरहेको अवस्थामा समेत सो पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :