नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीद्वारा बैठकका निर्णयहरु सार्वजनिक


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला सम्मेलन आयोजक समितिले नेपालका लाखौं विद्यार्थीहरुको हकहितकालागि महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दै दलाल फासिवादी केपी–बादल कम्पनीद्वारा विद्यार्थी सङ्गठनका नेता कार्यकर्ताहरुमाथि दमन, धरपकड, अपहरण गरेर बन्धक बनाउने कार्यको व्यापक भण्डाफोर गर्दै संघर्ष संचालन गरिने भएको छ । अखिल (क्रान्तिकारी)का जिल्ला सम्मेलन आयोजक समितिका संयोजक बबरजङ्ग सिंहले आइतबार विज्ञप्ति जारी गरी कैलाली जिल्ला संगठन समितिको हालसालै सम्पन्न बैठकले विद्यार्थी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नको निम्ति ‘कम्युनिस्ट अभियान –२’, कैलाली बहुमुखी क्याम्पसलाई सु.प. विश्व विद्यालयमा समायोजनकालागि संघर्ष, यातायातमा विद्यार्थीहरुले पाउनुपर्ने ४५प्रतिशत छुट, निजि शैक्षिक संस्थाहरुको मनपरी शुल्क असुली, सरकारी विद्यालयहरुमा असुली भइरहेको शुल्क, ऋत्भ्ख्त् का शैक्षिक संस्थाहरुमा नियम विपरीत लिइने शुल्ककाविरुद्ध र सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा जागरण अभियानलगायतका महत्वपूर्ण निर्णयहरु सम्बन्धीत निकायको ध्यानाकर्षण र सचेतनाका लागि सार्वजनिक गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ भदौ १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :