नेकपा नारायणी ब्युरोको आयो यस्तो चेतावनी

हेटौडा : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्यरोले नारायणी ब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ र जिल्ला समिति सदस्य आकाश लामालाई गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ ।

उक्त ब्युरोका इन्चार्ज मिलनले शुक्रबार विज्ञप्ति जारी गरी हेटौंडा उपमहानगरपालिका–८ फायरलाइनबाट इन्चार्ज ज्वाला र जिल्ला सदस्य लामालाई अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै गिरफ्तारीप्रति घोर भत्सना र निन्दा गरेका छन् ।

पार्टी कामको शिलसिलामा हिडिरहेको अवस्थामा उनीहलाई प्रहरीले गिरफ्तार गरेको भन्दै इन्चार्ज मिलनले बिनासर्त रिहा गर्न समेत माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नारायणी ब्युरो गिरफ्तार गरिएका क.ज्वाला र क. आकाशलाई बिनासर्त तत्काल रिहाइको माग गर्दछ । अन्यथा यस्ता षड्यन्त्र र दमनको सशक्त प्रतिवाद गर्न पार्टी बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ ।’

लिनले केपी–प्रचण्ड सरकारले केही समयदेखि नेपाल कम्युनिस्ट पार्टीमाथि फासिस्ट दमन अभियान तीव्र्र बनाएको भन्दै दमनले आन्दोलन नरोकिने बरु क्रान्तिकारीहरुलाई थप उर्जा प्रदान गर्ने समेत बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दलाल पुँजीवादी सत्ताका राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध जारी हाम्रो पार्टीको सङ्घर्षबाट अतालिएको दलाल फासिवादी वर्तमान सरकारले पार्टीका नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेर विभिन्न झुट्टा मुद्धामा फसाउने कार्य बढाएको छ । तर सहि विचार र दृष्टिकोणबाट अघि बढेको जनताको आन्दोलनलाई सत्ताको दमनले रोकेको ईतिहास कही कतै छैन, बरु क्रान्तिकारीहरुलाई झनै दृढ र समर्पित हुन प्रेरित गर्दछ ।’

विज्ञप्तिको पूर्णपाठ-

 

 

 

 

२०७५ चैत ३० गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :