नेकपा डोटी जिल्लाद्वारा कडा चेतावनी

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्ला इन्चार्ज दौलत र सेक्रेटरी कालु पाण्डेले जेठ ५ गते एक विज्ञप्तिमार्फत केपी–प्रचण्ड सरकारलाई  कडा चेतावनी दिएका छन् ।

‘वर्तमान केपी प्रचण्डको फाँसीवादी दलाल सरकारले जनताको हक अधिकारमाथि एक पछि अर्को गर्दै धावा बोलिरहेको छ । जनसाधारणदेखि हाम्रो पार्टीका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गर्ने, शारीरीक तथा मानसिक यातना दिने झुटा मुद्दा लगाउने कार्य गरिरहेको छ । यो प्रकारका अमानवीय क्रियाकलाप बन्द गरी, स्वतन्त्र एवम् सम्मानजनक रूपमा बाँच्न पाउने, शान्तिपूर्ण रूपमा सभा सम्मेलन तथा राजनीतिक क्रियाकलाप गर्न पाउने अवस्थाको सुनिश्चित गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

यही जेठ ३ गते डोटी जिल्ला सचिवालय सदस्य प्रकाश थापालाई बड्डी केदार गाउँ पालिका ५लानाकेदारेश्वर भाउरा स्थित आफ्नै घरमा बसिरहेको बेला कथित जनप्रतिनिधिको सुराकीको आधारमा प्रहरीले गिरफ्तार गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जनप्रतिनिधीहरुले जनता र जनपक्षीय पार्टीका नेता कार्यकर्ताको सुराकी नगरी जनसत्तालाई सहयोग गर्न अनुरोधसमेत विज्ञप्तिमार्फत गरेका छन्

‘जनतालाई विभिन्न प्रलोभन र बाँडेका आश्वासन पुरा गर्न नसक्ने र जनतालाई सुशासन दिनुको साटो आफ्नै सेवा सुविधा मात्रै थप्नमा लाग्ने, भ्रष्टाचारमा चुर्लुम्म डुबेका कथित जनप्रतिनिधिहरू जनपक्षीय पार्टी र नेता कार्यकर्ताहरूको सुराकी गर्ने कार्य गरेमा निजहरुलाई निकै महंगो सावित हुनेछ । साथै पक्राउ गरिएका प्रकाश थापा लगायतका सम्पूर्ण नेता कार्यकर्ताहरूको अविलम्ब रिहाईको लागि जोडदार माग गर्दछ । अविलम्ब रिहा नगरिएमा हाम्रो पार्टी कडा संघर्षमा जान बाध्य हुने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ जेठ ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :