नेकपा कैलालीले गर्‍यो सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले २४औँ जनयुद्ध दिवसका अवसरमा सहिद तथा बेपत्ता योद्धा परिवारलाई देशैभरी सम्मान तथा अभिनन्दन गरेको छ । यसैगरी सहिद तथा बेपत्ता योद्धा परिवारलाई सहिद सप्ताहको पहिलो दिनको अवसरमा नेकपा कैलालीले दोसल्ला र प्रमाणपत्रसहित सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न  गरेको छ ।
नेकपा कैलाली इन्चार्ज विवेक कुमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी प्रकाश मल्ल र सञ्चालन भने जिल्ला कार्यालय सचिव क्षितिजले गरेका थिए । उक्त कार्यक्रममा भेला भएका सहिद तथा बेपत्ता परिवारको १७ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।

२०७५ फागुन १६ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :