नेकपा कपिलबस्तुद्वारा विकलाई रिहाईको माग गर्दै कडा चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुले केपी सरकारको धरपकड र दमनप्रति जेठ ५ गते जिल्ला सेक्रेटरी सुनिलले एक विज्ञप्ति निकाली कडा चेतावनी दिएको छन् ।

‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले जनहित र राष्ट्रियतालाई मध्यनजर गर्दै देशमा बढ्दो भ्रष्टचार, दलालीकरण, मानव तस्कर, बलात्कार, राष्ट्रघाती र जनघातीलाई कार्वाही गर्दै आएकोले केपी सरकारको अशली चरित्र पर्दाफास हुने खतरा बढिरहेको निश्चित छ । सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो नेता कार्यकर्तादेखि सर्वसाधारणसम्मलाई धरपकड र गिरफ्तार गर्दै आइरहेको कुरा आपत्ति जनक छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेकपा निकट भातृ संगठन दलित मुक्ति मोर्चा कपिलबस्तु जिल्ला सदस्य बीरबहादुर विकलाई विनाकारण घरमा आई गिरफ्तार गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । यसरी वर्तमान केपी फाँसीवादी दलाल सरकारले जनताको हक अधिकारमाथि एकपछि अर्को गर्दै धावा बोलिरहेको छ । यसरी नेता कार्यकर्तादेखि सर्वसाधारणसम्मलाई विनाकारण गिरफ्तार गर्ने, शारिरीक तथा मानसिक यातना दिने, झुठा मुद्दा लगाउने जस्ता अमानवीय कार्य तुरुन्त बन्द गरी नागरिक स्वतन्त्रताको प्रत्याभुति दिलाउन वर्तमान फाँसीवादी सरकारलाई ध्यानाकर्षण गदाउदछौं । साथै गिरफ्तार बीरबहादुर विकलाई अविलम्ब रिहाई नगरे प्रतिफल कडा हुने भन्दै विज्ञप्तिमार्फत सरकारलाई कडा चेतावनी दिएका छन् । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ जेठ ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :