नेकपाले गर्यो देशैभरी कोणसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले iकेपी-पिके गठबन्धनको प्रतिबन्ध र पार्टीका स्थायी समिति सदस्य तथा मध्री केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली “सुदर्शन”लगायत कार्यकर्ता गिरफ्तारीविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार देशैभरी कोणसभा सोमबार सम्पन्न गरेको छ ।

यसैक्रममा कालिकोट जिल्ला कमान न १ अन्तरगत लालुमा कोणसभा सम्पन्न गरेको छ
। उक्त कार्यक्रमको अध्यक्षता गाविस सेक्रेटरी मनोज विस्ठ्ले गरेका थिए भने गाविस इन्चार्ज सागर विक प्रमुख अथिती, विशेष अथिति जनपत्रकार संगठन नेपाल केन्द्रीय सदस्य तथा नेकपा कालिकोटका जिल्ला कमिटी सदस्य जगदीश नाथ याेगी ( राजकुमार ) रहेका थिए ।
त्यसैगरी अथिती पुव जनमुक्ति सेना नेपाल कम्पनी सह कमान्डर राजन मैनालीलगायतकाे सहभागिता रहेकाे थियोे ।

सन्चालक धनराज बिक हुनुहुन्थ्यो उक्त कार्यक्रममा बोल्दै विशेष अथिति राजकुमारले तत्काल नेकपालाई लगाएको प्रतिबन्धले आफुहरुलाई सहज बनाएको बताएका छन् । साथै उनले नेकपाका महासचिव विप्लवले आव्हान गर्नुभएको केन्द्रिय कार्यक्रमलाई साथ दिन सम्पुर्ण जनसमुदायलाई सयोग गर्न अपिल गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे कलकत्ताबजार र बेदकाेट
नगरपालिकामा काेणसभा सम्पन्न गरेकाे छ । सरकारी प्रतिबन्ध र नेकपा नेताकार्यकर्तालाई  व्यापक गिििरफ्तारीबीच पनि नेकपाले खुल्ला रूपमा काेणसभा गरेकाे हाे ।

कलकत्ताबजारकाे काेणसभालाई सम्बाेधन गर्दै महाकाली ब्युरो सदस्य रामबहादुर सिंहले बैशाख ६ गतेसम्म प्रतिबन्ध नहटाए प्रतिराेध अान्दाेलन अगाडि बढाउने बताएका छन् । उनले केन्द्रकाे नीति अनुसार राज्यले सञ्चालन गर्ने कार्यक्रममा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । सिंहले भने ,`हामीमाथीकाे प्रतबन्ध नहटाउने हाे भने केन्द्रकाे नीति अनुसार सरकारका कार्यक्रममा पनि हामीले प्रतिबन्ध लगाउने छाैं ।´ बेदकाेटकाे कार्यक्रमलाई सम्बाेधन गर्दै बब्युरो सदस्य विवशले अाफ्नाे पार्टीमाथीकाे प्रतिबन्ध सरकारलाई महङाे पर्ने चेतावनी दिएका छन् । सरकारले प्रतिबन्ध लगाएपनि नेकपाले अाफ्ना कार्यक्रमलाई खुल्ला बनाउन सुरू गरेकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी डोटीले जिल्ल अन्तरगत इलाका न ५ अतरकाडा डोटीमा कोणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा जिल्ला इन्चार्ज शिखरले कोणसभामा सम्बोधन गर्दै भ्रष्टाचारको रक्षाको निम्ति वडी केदारको कार्यालयमा जुन अस्थायी प्रहरी पोष्ट राखिएको छ यसलाई तत्काल नहटाइ वडी केदार गाउँपालिका प्रतिनिधीहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

२०७६ बैशाख ३ गते मङ्गलबार प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :