नेकपामाथिको प्रतिबन्ध सबैले विरोध गर्नुपर्छ : ऋषि कट्टेल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पनि विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध पराजित भएर जाने बताएको छ । पार्टी अध्यक्ष ऋषि कट्टेलले विज्ञप्ति जारी गर्दै २००८ सालमा काङ्ग्रेसले कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको, २०१७ सालमा राजाले लगाएको प्रतिबन्ध असफल भएजस्तै कम्युनिस्ट नामको केपी–प्रचण्ड सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध पराजित हुने बताएका छन् । साथै कट्टेलले उक्त प्रतिबन्धलाई सबै मिलेर विरोध गर्नुपर्ने पनि बताएका छन् ।

२०७५ चैत ५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :