नेकपाद्वारा वडा अध्यक्ष थापालाई जनकारवाही

म्याग्दी : नेपाल कम्युनिस्ट पार्टीले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ ज्यमरुकोट भकुन्डेका वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको हो ।

नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडाअध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट कमिसन खाने गरेको, कार्यालय सहयोगीसँग अनैतिक सम्बन्ध राखेको, पार्टीविरुद्ध सुराकी गरेकोलगायतका आरोप लगाएको छ ।

त्यसैगरी भ्रष्टाचार गरेको, राजश्व संकलनमा नाता–आफन्तलाई मात्रै प्राथमिकता दिने गरेको, बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले जनाएको छ ।

पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप अध्यक्ष थापालाई कालोमोसो दल्नुको साथै चप्पलको माला लगाएर जनकारवाही गरेको नेकपा म्याग्दीले जनाएको छ ।

स्थानीय तहका प्रतिनिधिहरुबाट जनताले दुःख पाइरहेको गुनासा आइरहेको नेकपाले जनाएको छ । जिल्लाका अन्य जनप्रतिनिधिहको बारेमा पनि गुनासाहरु आइरहेको नेकपाले जनाएको छ ।

२०७६ साउन ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :