नेकपाद्वारा रुपन्देहीका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरेको छ । सहिद स्मृति पार्क बनबाटिकामा सम्पन्न अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजङ्ग’ ले सहिदहरुलाई स्मरण गर्दा जनयुद्धकालमा लडेका भिषण मोर्चाहरुमा गरेको बिजयको सम्झना आउने बताए ।

जनयुद्धका नेतृत्वहरुले जनताका सपना र सहिदहरुको बलिदानलाई खेर फालेको भन्दै ती सपना पुरा गर्न एकीकृत जनक्रान्तिको मोडेल आफ्नो पार्टीले अगाडि सारेको बताए । एनसेलले ७२ अर्ब रुपैयाँ कर नतिर्दा केही नहुने तर सामान्य जनताले १ रुपैयापनि कर छुट किन नपाउदै भन्ने प्रश्न गर्दै बिरजङ्गले भने ‘एनसेलले तत्काल कर नतिरे झन ठूलो कारबाही हुनेछ ।’

  

अबको क्रान्तिमा सहिद तथा बेपत्ता परिवारको महत्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिए नेता विरजङ्गले आफ्नो पार्टीले देशब्यापी रुपमा सहिदहरुको सम्झनामा स्मृति पार्कहरु निर्माण गर्दै सहिदको बलिदानलाई उच्च मूल्याकंन गर्ने बताए । कार्यक्रममा सहिद नवराज सिम्खडाकी श्रीमती एवं सहिद परिवार समाज लुम्बिनीकी संयोजक जया पौडेलले सबै सहिद परिवार एकै ठाउँमा हुनुपर्ने र आगामी क्रान्तिकारी नेतृत्व गर्नेलाई साथ दिनुपर्ने बताइन । हिजो मुक्तिको सपना देखाएका नेताहरुले आज गद्दारी गरेको भन्दै आफ्ना आफन्तहरुले आजको अवस्था देख्नको लागि बलिदान दिएको नभै क्रान्ति पूरा गरेर जनताको व्यवस्था ल्याउनको लागि लडेको भन्दै सहिद सपना पूरा गर्ने अभियानमा रहेको पार्टीलाई साथ दिन सहिद परिवारहरुलाई आग्रह गरिन् ।

नेकपाका जिल्ला सचिवालय सदस्य नेकपामा जिल्ला इन्चार्ज शरद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिशिर जिसीले गरेका थिए भने जितबहादुर रसाईलीले स्वागत भाषन गरेका थिए । अभिनन्दन कार्यक्रममा ५२ जना सहिद तथा बेपत्ता परिवारका सदस्यहरु सहभागी थिए । तत्कालीन १० वर्षे जनयुद्धको क्रममा रुपन्देहीबाट ६४ जना शहिद भएका थिए भने ५ जना बेपत्ता भएका थिए ।

२०७५ फागुन १८ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :