नेकपाद्वारा अमर गोपालीलाई जिल्ला सदस्यबाट निलम्बन


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले शुक्रबार विज्ञप्ति निकाली जिल्ला समितिकोे निर्णयलाई उल्लंघन गर्दै आर्थिक संकलन गरी, पार्टीको नीति र विधान विपरीत काम गर्दै आएको पार्टी जिल्ला समिति सदस्य तथा राप्ती नगर इन्चार्ज अमर गोपालीलाई जिल्ला समिति सदस्यबाट निलम्बन गरेका छन् ।

इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यतिवेला दलाल सामाजिक फासिवादी सरकारले जनता र राष्ट्रमाथि गरेको अन्याय अत्याचारको विरुद्ध संघर्ष गरिरहेको छ । जनतामा जागरण फैलाउने उद्देश्यले हाम्रो पार्टीले चितवन जिल्लामा १ महिने जन एकता अभियान सञ्चालन गरेको छ । यो अभियानमा जिल्ला पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थकहरुको एकताबद्ध सहभागिता भएको छ । यो अभियानले जनता र कार्यकर्तामा उत्साह पैदा गरेको छ । यस परिस्थितिमा जिल्ला समितिको जिम्मेवार पदमा बसी जिल्ला समितिका वैठकको निर्णयलाई उल्लंघन गर्दै अभियानमा सहभागी नभएकाले, जिल्ला समितिको निर्णय विपरीत आर्थिक संकलन गरेको र पार्टी विधान विपरीत काम गर्दै आएको पार्टी जिल्ला समिति सदस्य तथा राप्ती नगर इन्चार्ज अमर गोपालीलाई जिल्ला समिति सदस्यबाट निलम्बन गरिएको छ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :