नेकपाको पूर्वी ताम्सालिङको बैठक र प्रशिक्षण सम्पन्न

अम्बिका चन्द /काठमाडौं, साउन २९ :  नेपाल कम्युनिस्ट पार्टी, पूर्वी ताम्सालिङ ब्युरोको बैठक र प्रशिक्षण सम्पन्न भएको छ । शुक्रबार ब्युरोको बैठक र शनिबार प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र केन्द्रीय सदस्य प्रज्वलनको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले पार्टीको आगामी कार्यनीतिक योजना र समसामयीक विषयमा प्रशिक्षण दिनुभएको थियो भने केन्द्रीय सदस्य प्रज्वलनले केन्द्रीय समितिको प्रतिवेदन र सर्कुलर प्रस्तुत गर्नुभएको थियो । काभ्रेको बनेपामा सम्पन्न प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकपाका पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज बाबुराम गजमेरले गर्नुभएको थियो भने कार्यक्रम संचालन काभ्रे सचिव शरद रसाइलीले गर्नुभएको थियो । पूर्वी ताम्सालिङ ब्युरो अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ताहरु प्रशिक्षणमा सहभागी भएका थिए ।

२०७४ साउन २९ गते १२ : १५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :