नेकपाको गुल्मी सेक्रेटरी खड्का रिहा लगत्तै पुनः गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
चैत्र १५ गते गुल्मीबाट खड्कालाई गिरफ्तार गरी लगातार रुपमा गैरकानूनी रुपमा हिरासतमा राखेको ठहर गर्दै आइतबार सर्वोच्च अदालतले रिहा गर्न नेपाल सरकारका गृह मन्त्रालयको नाममा आदेश दिएको थियो ।

अदालतको आदेश लगत्तै खड्कालाई सर्वोच्च अदालतको गेटबाटै पुनः गिरफ्तार गरी अर्घाखाँची लगिएको छ । गुल्मी प्रहरीको हिरासतमा गैरकानूनी थुनामा राख्ने गुल्मी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाईसमेत आदेशको जानकारी दिनु आदेश भएको थियो । तर खड्कालाई अर्घाखाँची पुर्याइएको छ ।

रिहाईको आदेश सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दिएको हो । खड्कालाई बिनाकारण गिरफ्तार गरी गैरकानूनी ढंगबाट हिरासतमा राखिएको भन्दै रिहाइको मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरिएको थियो ।

२०७६ जेठ ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :