नेकपाका ६ जना अभियानकर्मी रिहा

उदयपुर  : नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता–कार्यकर्ता सोमबार रिहा भएका छन् । उनीहरूलाई उदयपुर जिल्ला प्रशासन कार्यालयले जनही पाँच सय धरौटी लिएर रिहा गरेको हो । रिहा हुनेहरूमा नेकपाका अग्रीम, मीन, अमृत, रीतु, गौरव र रामकृष्ण छन् ।

उनीहरूलाई सगरमाथा ब्युरोअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १५ दहनबाट प्रहरीले गत माघ २६ गते जनतासँग अन्तरक्रिया गरिरहेको बेला गिरफ्तार गरेको थियो ।

शान्तिपूर्ण राजनीतिक भेला, सम्मेलन र जनभेटघाट गरिरहेको अवस्थामा सरकारले बिनाकारण आफ्ना नेता–कार्यकर्ता पक्राउ गरेको भन्दै नेकपा उदयपुरले बिनासर्त रिहाइको माग गरेको थियो ।

स्मरणीय छ, नेकपाले गत माघ १ गतेदेखि देशभरि दोस्रा चरणको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान चलाइरहेको छ ।

२०७५ फागुन ६ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :