नेकपाका दुई नेता-कार्यकर्ता गिरफ्तार, तत्काल रिहा गर्न माग

बिर्तामोड : नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई चैत २९ गते सुक्रबार बिर्तामोड स्थित एक होटलमा बसिरहेको बेला प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको नेकपा मेची ब्युरोले जनाएको छ ।
गिरफ्तार पर्नेहरुमा पार्टीका मेची ब्युरो सदस्य जितमान राई र अर्का जिल्ला सदस्य असल पन्धाक रहेका छन् ।
नेकपा मेची ब्युरो कार्यालयका सदस्य प्रमोदले प्रेस विज्ञप्ति प्रकाशित गरी बिनासर्त रिहाइको माग गरेका छन् । रिहा नगरिए संघर्ष गर्ने चेतावनी विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

२०७५ चैत ३० गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :