नेकपाका दुई कार्यकर्ता गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य तथा एरिया नम्बर ३ का सेक्रेटरी रमेश साउद र एरिया सदस्य जनक धामीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई नेकपा निकट दलित मुक्ति मोर्चा नेपालको चौथो जिल्ला सम्मेलनको तयारीमा जुटिरहेको बेला गौरीगंगा नगरपालिका मसुरिया बजारबाट मङ्गलबार गिरफ्तार गरिएको छ ।

पार्टीका कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरेको भन्दै नेकपा कैलालीले आपत्ति जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले मङ्गलबारै प्रेस विज्ञप्ति प्रकाशित गरी दलित मुक्ति मोर्चा नेपालको सिंगो दलित समुदायको उद्देश्यमाथि हस्तक्षेप गरेको भन्दै घोर भत्र्सना गरेका छन् ।

उनले गिरफ्तार भएका कार्यकर्ताहरुलाई २४ घण्टा भित्र रिहाइ नगरे कडा सङ्घर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । उक्त सङ्घर्षको परिणाम सम्बन्धित पक्षले लिनु पर्ने सेक्रेटरी प्रकाशले बताएका छन् ।

२०७५ पुस २५ गते बुधबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :