नेकपाका कार्यकर्ता रिहा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कास्की सेक्रेटरी आक्रोश, स्याङ्जा सेक्रेटरी गोकुल, विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मिलन राई, काजी गुरुङलगायत बिहीबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् ।

अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त वैठक बसिरहेको बेला गत जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले १८ जनालाई गिरफ्तार गरेको थियो । त्यसमध्ये आक्रोश, गुरुङ र राईलाई पटकपटक अदालतले रिहा गर्न आदेश दिएपछि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो ।

त्यस्तै तत्कालिन स्याङ्जा सेक्रेटरी पराजुली र ओली भने १० महिनापछि रिहा भएका हुन् । उनीहरुलाई पनि पटक पटक अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले विभिन्न बहानामा गिरफ्तार गर्दै आएको थियो ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता दयाराम पोखरेल, कपिलचन्द्र पोखरेल र सन्तोष कोइरालाले बहस गरेका थिए भने सरकारका तर्फबाट उप–न्याधिवक्ता टेकराज भुषालले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :