नुवाकोटमा कांग्रेस–एमालेका कार्यकर्ताबीच भिडन्त, उम्मेदवारको गाडी ध्वस्त

nuwakot Capture-15नुवाकोटः वैशाख २३, नेपाली कांग्रेसबाट नुवाकोट शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति ध्वस्त पारेको छ ।

अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडी ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताएका छन् ।

चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपािलका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति भएको र तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति भएको छ ।

शुक्रबार मात्र शिवपुरी गाउँपालिका–७ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुनीको प्रचार अभियानमा कांग्रेस कार्यकर्तासँग भिडन्त भएको थियो ।

भिडन्तमा परि एमाले समर्थित चन्द्रबहादुर तामाङ घाइते भएका छन् ।

मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको स्थानीय बासीले बताएका छन् । गाडीमा आगलागी भएलगत्तै प्रहरीले आगलागीमा संलग्नको खोजीलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :