निर्वाचन भइरहेका स्थानहरुमा लगातार बम विष्फोट

bomb blast

अम्बिका चन्द/काठमाडौं, असार १४ : दोश्रो चरणको चुनावको लागि मतदान भइरहेका विभिन्न ठाउँहरुमा लगातार बम विष्फोटका कारण कतिपय ठाउँहरुमा भागदौड मच्चिएको छ र मतदाता तितरवितर बनेका छन् । यसैविच अहिलै भर्खरै दाङको तुल्सीपुर उपमहानगरपालीका–८ अश्वारामा रहेको मतदान केन्द्रमा बम विष्फोट भएको छ र त्यहाँ थप प्रहरी परिचालन गरिएको छ । तुल्सीपुर उपमहानगरपालिकाकै–३ अम्वामा पनि केहीवेर पहिले बम विष्फोट भएपछि भागदौड मच्चिएको छ । मतदाताहरुमा निकै त्रसित बनेको प्रजिअ लेखनाथ काफ्ले आई उदृत गर्दै पत्रकार जानकी दहितले बताएकी छन् । यस्तै इलाम र सोलुखम्बुका विभिन्न स्थानहरुमा पनि बम विष्फोट भएको बताइएको छ । १ नम्वर प्रदेश अन्तर्गत पर्ने कोशी अञ्चल काविभिन्न जिल्लाहरुमा आज विहान ६० भन्दा बढि स्थानमा बम विष्फोट भएकोले भित्री रुपमा निकै त्रासको वातावरण रहेको नाम नबताउने शर्तमा १ जना निर्वाचनमै खटिएका व्यक्तिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :