निर्वाचन प्रभावित पार्दै वाणिज्य दुतावास

काठमाडौं/साउन २९ः वीरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले प्रदेश नम्बर २ को चुनाव परिणाम प्रभावित गर्ने खेलमा लागेको सर्वत्र चर्चा र आशंका भैरहेको बेला बुधबार संसदको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले त्यसै प्रकारको आरोप लगाएको थियो । वाणिज्य दुतावासका कर्मचारीले विभिन्न दलका नेताहरु र सम्भावित उम्मेदवारहरुलाई वाणिज्य दुतावास कार्यालयमा बोलाउने, दबाव दिने, उम्मेदवार छनौटमा हस्तक्षेप गर्ने गरिरहेका छन् । त्यसैगरी सवारी साधन बाँड्ने, रकम उपलब्ध गराउने गरेको आरोप छ । भियना सन्धिअनुसार कुनै पनि कुटनीतिक अधिकारीले आतिथ्य देशको कानुनको सम्मान गर्नुपर्छ । कुटनीतिक नियोग परिसरको प्रयोग कुनै पनि गैरकुटनीतिक कार्यका लागि हुनुहुँदैन । यद्यपी भारतले त्यसको उल्लंघन गर्दै आएको छ ।

२०७४ साउन २९ गते ३ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :