नारायणी ब्युरोमा जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न


चितवन : नेकपा चितवनको आयोजनामा बिहीबार राप्तीको वीरेन्द्रनगरमा सयौँको उपस्थितिमा भव्य रूपमा २५ औँ जनयुद्ध दिवस सम्पन्न भएको छ ।

वीरेन्द्रनगरको बीच सडकमा (पूर्व–पश्चिम राजमार्ग) जाम गरी जनयुद्ध दिवस मनाइएको खबर प्राप्त भएको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रेम्बोर्जेले सम्बोधन गरेका थिए ।

उनले भने, ‘दलाल सत्तालाई समूल नष्ट गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि सम्पूर्ण जनसमुदाय क्रान्तिमा अगाडि बढ्नुपर्छ ।’

यसैगरी मकवानपुर जिल्लाको राङ्सीराङमा सयौँ जनसमुदायको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको खबर प्राप्त भएको छ । त्यसैगरी चितवनको कालिका सिद्धिमा पनि जनयुद्ध दिवस मनाइएको खबर प्राप्त भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका टुडेडाँडामा करिब ३ सयजनाको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको छ । सञ्चालक जिल्ला सदस्य रामले गरेका थिए । जिल्ला इन्चार्ज वाटर र सेक्रेटरी पासाङले शुभकामना दिएका थिए ।

त्यसैगरी बाराको रामराजा बहुमुखी क्याम्पसमा सयौँको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको छ । त्यसैगरी रौतहट जिल्लाको विजयबस्तीमा पनि जनयुद्ध दिवस मनाइएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :