देशको हितका पक्षमा बोल्दा पञ्चदेखि विप्लवसम्म आरोप लगाइयो : डा. दीक्षित

काठमाडौँ : नागरिक समाजका अगुवा तथा डा. सुन्दमणी दीक्षितले पञ्चायत कालदेखि नै आफु नेपालको हितका पक्षमा बोल्दै आएको तर आफुलाई कहिले पञ्च, कहिले एमाले, कहिले कांग्रेस, कहिले माओवादी, कहिले विप्लव त कहिले राजावादी भएको आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंको संवाद चौतारीमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरुलाई जथाभावी नबोल्न सुझाव दिए ।  त्यस्तै गणतन्त्र आएपछि पञ्चायत कालको भन्दा सयौं गुणा बढी भ्रष्टाचार भएको दाबी गरे । 

आफुले राजावादी भन्दै फगद आरोप लगाएको समेत उनले बताए । अहिलेका राजनीतिक दलका नेताहरुले देश र जनताका पक्षमा राम्रो काम गरे राजासँग डराउनु नपर्ने दीक्षितको धारणा छ ।

२०७६ भदौ १४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :