दार्जलिङ्गमा भाषा आन्दोलन

darjaling nepali aandolit
काठमाडौं/जेठ २६, पश्चिम बङ्गालको ममता बेनर्जी सरकारले राज्यका सबै विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि नेपाली भाषी क्षेत्रहरुमा तीव्र असन्तोष छाएको छ । जहाँ भारतकै सबैभन्दा पुरानो अलग राज्य निर्माणको आल्दोलन चलिरहेको छ ।  मन्त्री परिषदको बैठक चलिरहेको बेला विहिबार  पनि चर्काे नाराबाजी र प्रदर्शनपछि बंगाल प्रहरीले अश्रुग्याँस र लाठी चार्ज गरेको छ ।  मन्त्री परिषदको darjaling bhasa smiitiबैठक विहिबार दार्जलिङ्गमा बसेको थियो । नेपाली भाषीमाथि दमन भएको भन्दै खर्साङ, कालिम्पोङलगायतमा पनि नेपाली भाषी विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीले प्रहरीको दुईवटा बाहन, सरकारी सवारी साधनमा आगजनी गरेको प्रहरीको आरोप छ  । दार्जलिङ्गमा मात्रै १० लाख नेपाली भाषी छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :