नेकपाका दार्चुला जिल्ला सदस्य भट्ट गिरफ्तार

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दार्चुला जिल्ला सदस्य विनोद भट्टलाई प्रहरीले गिरफ्तार गरेको छ । भट्टलाई असोज १४ गते बिहान गोकुलेश्वरबाट गिरफ्तार गरी बेपत्ता बनाएको नेकपाले जनाएको छ । विनाकारण आफ्नो पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै नेकपाले आपत्ती जनाएको छ । साथै भट्टलाई बिनाशर्त रिहाई गर्नुपर्ने माग गरेको छ । जिल्ला सचिव लक्ष्मणले शुक्रबार एक पे्रस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामधारी सरकारले राजनीतिक पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरी जेल हिरासत राख्ने, यातना दिने भट्टलाई मुद्दा लगाउने गरेको भन्दै यसकोबाट उत्पन्न परिस्थितिको सामना गर्नुपर्ने बताएको छ ।

विज्ञप्ति सहित ः

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :