दर्लामी र सिङ्जालीलाई तत्काल रिहा गर – सागर

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा जिल्लाले पार्टी सदस्य शिव दर्लामी र महाेन सिङ्जालीलाई पार्टी कामको सिलसिलामा विभिन्न ठाउँबाट केपी–बादल गृह प्रशासनले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । स्याङ्जा जिल्ला सेक्रेटरी सागरले शनिबार विज्ञप्ति जारी गरी कम्युनिस्ट नामधारी दुई तिहाइको सरकार भनेर घमण्ड गर्ने भ्रष्टाचारी, बलात्कारी, तस्करहरूको पक्षपोषण गर्दै नेकपा पार्टीमाथि कथित प्रतिबन्ध लगाउँदै पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, यातनादिने, झूट्टा मुद्दा लगाउने र बन्दी बनाउने कार्यको घोर विरोध गर्दै गिरफ्तार परेका शिव दर्लामी र महाेन सिङ्जालीलाई बिनासर्त र यथाशीघ्र रिहा नगरिए सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् ।

जिल्ला सेक्रेटरी सागरले विज्ञप्तिमा भनेका छन्, ‘श्रमिक तथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको छ । यसैक्रममा स्याङ्जा जिल्लामा पार्टी सदस्य शिव दर्लामी र महोन सिङ्जालीलाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । देशमा बढ्दो भ्रष्टाचार, महँगी, दलाली, तस्करी, गुण्डागर्दी र बलात्कारी तथा राष्ट्रघाती–जनघाती मजदुरमाराहरूलाई जनताको माग र चाहना अनुरूपको जनकारबाही गर्दै जाँदा आम जनतामा हाम्रो पार्टी लोकप्रिय बन्दै जाँदा कम्युनिस्ट नामधारी दुई तिहाइको सरकार भनेर घमण्ड गर्ने भ्रष्टाचारी, बलात्कारी, तस्करहरूको पक्षपोषण गर्दै हाम्रो पार्टीमाथि कथित प्रतिबन्ध लगाउँदै नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, यातनादिने, झूट्टा मुद्दा लगाउने र बन्दी बनाउने कार्यको पार्टीले घोर विरोध गर्दछ । गिरफ्तार परेकालाई बिनासर्त र यथाशीघ्र रिहाइको जोडदार माग पनि गर्दछ । अन्यथा हाम्रो पार्टी सशक्त प्रतिरोधमा उत्रनुको विकल्प नरहेको जानकारी गराउँछाैँ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् दलाल सरकार हुनेछ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ साउन २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :