थारू मुक्ति मोर्चा कैलालीको सम्मेलन हुने

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट थारू राष्ट्रिय मुक्ति मोर्चा कैलाली जिल्लाको प्रथम सम्मेलन हुने भएको छ । ‘आत्मनिर्णयके अधिकारसहित जातीय स्वशासन ! थारूवान गणराज्य प्राप्तिके लाग पहिल जिल्ला सम्मेलन !!’ भन्ने नारासहित फागुन एक गते हुने सम्मेलनले थारू मुक्तिमोर्चा कैलालीको नयाँ जिल्ला कार्यसमिति गठन गर्ने जनाइएको छ । महान् तथा गौरवशाली जनयुद्धको वार्षिक उत्सवका अवसरमा हुने थारू राष्ट्रिय मुक्तिमोर्चाको जिल्ला सम्मेलन भव्यताका साथ सफल पार्न आमजनसमुदाय तथा थारू बुद्धिजीवी, समाजसेवी, थारू नागरिक समाज सम्पूर्णलाई सहभागिताका लागि थारू मुक्तिमोर्चाले अपिल गरेको छ । ऐतिहासिक जनयुद्ध दिवसका अवसरमा हुने जिल्ला सम्मेलन ऐतिहासिक हुने आयोजक थारू मुक्तिमोर्चाले जनाएको छ । उक्त कार्यक्रममा स्थानीय कला, संस्कृति, सांस्कृतिक कार्यक्रमसहित हुने पनि बताइएको छ ।

२०७५ माघ १५ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :