ताम्सालिङ व्युरोद्वारा जमीन र प्रयासलाई पार्टीबाट निस्काशन


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ व्युरोले पार्टीको नीति विपरीत गतिविधि गरेकोले तत्कालिन रामेछाप जिल्ला इन्चार्ज जमीन र ताम्सालिङ ब्युरो सदस्य प्रयासलाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । ताम्सालिङ व्युरो इन्चार्ज आधारले भदौं २३ गते प्रेस विज्ञप्ति निकाली पार्टीका नाममा व्यक्तिगत फाइदा लिन खोज्ने, संगठन र पार्टीको नीति विपरीत गतिविधिमा संलग्न हुने सांगठनिक अराजकता मच्चाउने जोकोहिलाई पनि पार्टीले कारवाही र शुद्धिकरण गर्ने सिलसिलामा माकेका केही अमूक नेताहरुको प्रलोभन र दबाबमा परी वैचारिक धैर्यता प्रदर्शन गर्नुको सट्टा जमीन र प्रयासले आत्मासमर्पण गरेको कारण पार्टीबाट निस्काशन गरेका छन् र पार्टी पंक्ति, जनसमुदाय, उद्योगी, व्यापारीहरुमा पार्टी नामबाट आर्थिक लाभ लिनसक्ने खतराप्रति सतर्क रहन आग्रहसमेत गरेका छन् ।

व्युरो इन्चार्ज आधारले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि सामाजिक दलाल पुँजीवादी केपी सरकारले २०७५ फागुन २८ गते बलात प्रतिबन्ध लगाई गिरफ्तारी, हत्या, दमनको सामाजिक फासिवादी श्रृङ्खला निर्लज्ज रुपमा बढाइरहेको छ । यसै क्रममा ताम्सालिङ ब्युरो सदस्य तथा तत्कालिन रामेछाप जिल्ला इन्चार्ज क.जमीन जिल्ला सेक्रेटरीसँगको सम्पर्क बिना भक्तपुरबाट गिरफ्तार परी रामेछाप हिरासतमा रहँदा प्रमुख जिल्ला अधिकारीले पत्रकार मार्फत जमीन आत्मासमर्पण गर्ने भएकाले कार्यक्रमको आयोजना गर्ने भनी हल्ला फिजाएको, तर धरानबाट मुक्त पछि पुनः गिरफ्तार भई काभ्रे हिरासतमा पूर्व माकेका केही अमूक नेताहरुको प्रलोभन र दबाबमा परी वैचारिक धैर्यता प्रदर्शन गर्नुको सट्टा आत्मासमर्पण गरेको सूचना अनुसार उहाँलाई निलम्बन गरी थप अध्ययनको क्रममा यही मिति २०७६ भदौ २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकालेपार्टी सदस्य समेत नरहने गरी निस्काशन गरिएको छ ।’

इन्चार्ज आधारले विज्ञप्तिमा भनेका छन्, ‘यसैगरी ताम्सालिङ ब्युरो सदस्य क.प्रयास आमाको उपचारको क्रममा भक्तपुर रहेको समयमा गिरफ्तार परी वैचारिक धैर्यता प्रदर्शन गर्नुको सट्टा आत्मासमर्पण गरेको सुचना प्राप्त भए अनुसार निलम्बन गरी थप अध्ययन गर्ने क्रममायही मिति २०७६ भदौ २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकाले उहाँलाई पार्टी सदस्य समेत नरहने गरी निस्काशन गरिएको छ । विगतमा क.जमीन जग्गा दलालहरुसँग रकम असुलीमा तल्लीन रहेकाले पार्टीको निगरानीमा परिरहेको र क.प्रयास प्रतिबन्ध घोषणा लगतै उपचारको क्रममा राजनैतिक, सांगाठानिक कामकाजमा अघि बढ्न असर्मथ छु भनी फेसबुकमा पोष्ट गरी भ्रम सिर्जना गरेकाले अनुशासनको कार्वाहीमा परी सिन्धुपाल्चोकको इन्चार्जबाट झिकिएको र आर्थिक अपचलनको अनुसन्धानमा परेको अवस्थालाई मध्यनजर गरी पार्टी पंक्ति, जनसमुदाय, उद्योगी, व्यापारीहरुमा पार्टी नामबाट आर्थिक लाभ लिनसक्ने खतराप्रति सतर्क रहन र विगतमा केही भए पार्टीमा तथ्य समेत पेश गरी मद्दत गरिदिनु हुन यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ भदौ २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :