डोक्लमबाट सेना फिर्ता गर्न भारतलाई चीनको चेतावनी

cnlargeकाठमाडौं / साउन १ : चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाजमर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
चीनका सरकारी सञ्चार माध्यमको एउटा टिप्पणीमा चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने डोक्लमबाट भारतीय फौज फिर्ता नहुनजेलसम्म कुनै किसिमको वार्ता हुन नसक्ने उल्लेख गरिएको छ ।
उक्त भूभागलाई लिएर एक महिनादेखि चलिरहेको विवाद समाधान गर्न भारतले वेवास्ता गरिंदै आएको चीनको आरोप छ । यो विवादमा भुटान भने अझसम्म मौन छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :