डा. देवकोटाप्रति श्रद्धाञ्जली – नेपाल कम्युनिस्ट पार्टी


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । विज्ञप्तिमा उहाँले भन्नु भएको छ  ‘नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही नेपाली जनताको सेवा गर्दै आउनु भएका लोकप्रिय एवं स्थापित वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको असमायिक निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति पुगेको छ ।’ यसैगरी उहाँले ‘डक्टर देवकोटा एक जना चिकित्सक मात्र नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा पनि हुनुहुन्थ्यो । देवकोटाको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै, उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्छ ।’

प्रेस विज्ञप्तिकाे पूर्णपाठ-

२०७५ असार ५ गते मंगलबार मध्यान्न १२ : ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :