झापा जनसरकारद्वारा पीडकको जग्गा कब्जा

काठमाडौं : जिल्ला जनपरिषद् झापाले गौरादह नगरपालिका वडा नं. ९ का सहिद विष्णु हस्ताको परिवारले मोहियानी हकमार्फत भूपेन्द्र ढुङ्गाना र परिवारबाट तत्कालीन जनसत्ताको रोहवरमा पीडित चाँदमनी हस्ताको परिवारले प्राप्त गरेको जमिन पुनः ढुङ्गाना र उनका परिवारले कब्जा गर्न लागेको भन्दै रोक लगाएको छ ।

जिल्ला जनपरिषद् झापाका प्रमुख याम गिरीले विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘हाल आएर दलाल संसदीय सत्ताका मतियार र आसेपासे एवम् कथित अदालतसमेत प्रयोग गरी क्षतिपूर्तिसहित संरचना खाली गर्न जारी गरेको उर्दीप्रति जिल्ला जनपरिषद् झापाको गम्भीर ध्यानाकृष्ट भएको छ । जिल्ला जनपरिषद् झापा जनताको मुक्ति, न्यायर स्वतन्त्रताविरुद्ध टाउको उठाउने प्रयत्नस्वरूप जारी गरिएको उक्त फर्मान खारेज गर्दछ ।’

जिल्ला जनपरिषद् झापाले तत्कालीन जनसत्ता एवम् सामाजिक रूपमा पटकपटक गरिएका लिखित सहमति १५ दिनभित्र लागू गर्न पीडक भूपेन्द्र ढुङ्गाना र उनका परिवारलाई चेतावनी दिँदै पीडितले न्याय नपाउन्जेल सम्मकालागि पीडक भूपेन्द्र र उनको परिवारले भोगचलन गरिराखेको जग्गा कब्जा गरिएको घोषणा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला जनपरिषद् झापा आजकै मितिबाट कब्जा गरिएको जमिनमा भोगचलन नगर्न पीडक भूपेन्द्र एवम् परिवारलाई जानकारी दिँदै समयसीमाभित्र पीडितले न्याय नपाए संलग्न सबैमा जनकारबाही गर्न बाध्य हुने र यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष हुने चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ भदौ २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :