झापामा पनि निरकुमार राईको स्मृितमा श्रद्धाञ्जलीसभा सम्पन्न


झापा : नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य तथा ओखलढुङ्गा जिल्ला सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’को स्मृतिमा आइतबार झापामा पनि श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

युुवा संगठन झापाका सचिव अनिलले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला जनसरकार प्रमुख टीका, जिल्ला सचिव मनिष लगायतले सम्बोधन गरेका थिए । हतियार सँगै खेलेर राजनीति सिकेको स्मरण गराउदै नियन्त्रणमा लिएर इन्काउन्टरको नाममा कायरतापूर्ण हत्यामा नउत्रन चेतावनी दिँदै यस्तै हर्कत जारी राखे चुपलागेर नबस्नेसमेत बताएका छन् ।

शेरधनको जिल्लामा जस्तै केपीको जिल्लामा पनि उस्तै घटना घटाउने हल्ला चलाएकोप्रति इंगित गर्दै वैज्ञानिक समाजवादी सत्ता, जनताको अधिकार, न्याय र स्वतन्त्रताको लागि मुक्ति चोकमा गोली खान तयार रहेको समेत सचिव मनिषले बताए ।

त्यस्तै दमकको सभामा प्रमुख अतिथि नगर सेक्रेटरी समीरले शोक सभालाई सम्बोधन गर्दै भने दलालहरुको प्रतिरोध गर्न निरकुमार राईले दिएको बालिदानी बाटोमा युवा वर्ग होमिनु पर्ने बेला आएको भन्दै त्यसैले अब सम्पुर्ण युवा वर्गहरु यो देशको निर्माणकर्ता भएकोले क्रान्तिमा सम्पूर्ण युवाहरुलाई आह्वान गरेका छन् ।

२०७६ असार २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :