झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् ।

आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो ।

Jhapa-Duban-2

झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, भद्रपुर १० र ११, गौरीगञ्ज-३ र पाँचगाछी १ र ७ का १ सय ५ परिवार घर फर्किएको रेडक्रस झापाका कार्यक्रम संयोजक अम्बर भण्डारीले जानकारी दिए ।

झापाको भद्रपुर उमावि बस्दै आएका विस्थापित परिवारहरु पनि आफ्नो घर र्फकने तयारीमा रहेको जनाइएको छ । यस्तै, अन्य विभिन्न क्षेत्रका विस्थापित परिवारहरु अवस्था हेरेर घर र्फकने तयारीमा छन् ।

बेपत्ता एकातिर बाढीका कारण विस्थापित बनेका परिवारहरु घर र्फकने क्रम शुरु भएको छ भने अर्कातिर बेपत्ता बनेका ४ जनाको अझै सम्म अत्तोपत्तो छैन ।  बाढीका कारण झापामा ७ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, बाढीका कारण वेपत्ता बनेकाहरुको तीब्र रुपमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :