जेसीबी र कार्यालयमा आक्रमण

धनकुटा : एक्को इन्फा कन्सट्रक्सन प्रा.लि.ले जिल्लाको भेडेटार–रवि–राँके सडक खण्डमा सञ्चालनमा ल्याएको जेसीबीमा बुधबार राती अज्ञात समूहले आक्रमण गरी ध्वस्त बनाएको छ । प्राप्त समाचार अनुसार निख्लाजुङ गाउँपालिका लेखगाउँमा अज्ञात समूहले जेसीबी र कार्यालयमा आक्रमण गरी पूर्ण रूपमा ध्वस्त बनाएको हो ।

हाम्रा संवाददाताका अनुसार जेसीबीमाथि आक्रमण गर्नुको कारण र आक्रमणकारीको परिचय खुलेको छैन । हाम्रा संवाददातालाई स्थानीय बासिन्दाले फोन गरी उक्त घटनाबारे जानकारी गराएका थिए ।

२०७६ असार ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :