जुगेडी किसान विद्रोहको ऐतिहासिकता


असार ६ गते जुगेडी चितवनमा २०३४मा किसानहरुले स्थानीय सामन्तहरुको विरुद्ध विद्रोह गरेको दिन हो । नेपालमा सयौं वर्षदेखि पुर्वमा झोडादेखि पश्चिममा भीमदत्त पन्तको नेतृत्वसम्म सयौं किसान विद्रोहहरु भएका छन् । ती किसान विद्रोहहरुबाट प्रेरणा लिने उद्देश्यले २०४८ सालमा भएको नेकपा (एकता केन्द्र)को एकता महाधिवेशनले हरेक वर्ष असार ६ गतेलाई ‘किसान दिवस’ मनाउने निर्णय गर्यो । २०५२ सालपछि देशमा एकातिर नयाँ–नयाँ किसान विद्रोह र बलिदानहरु अगाडि आए अर्कोतिर मान्छेहरुको मनमा पुराना निर्णय र त्यसको महत्व विस्मृत हुँदै गयो । अहिले किसान दिवस चितवनमा कर्मकाण्डी रुपमा चल्दैछ । माओवादी धारा दर्जनौं टुक्रामा विभाजित भएपछि त किसान दिवसको दिन चुनावी प्रयोजनको स्तरमा न्युनिकरण तथा भ्रष्टीकरण हुन थालेको सन्दर्भमा यहाँ संक्षिप्त चर्चा गरिने छ ।

“पहाड उठ्यो, जुगेडी गर्र्जौ, नेपाल थर्कायो भोका र नाङ्गा जनताले आफ्नो बाटो नै देखायो भोकले होइन लडेर मर्ने बाटो त्यो देखाए जनता मिले जे पनि हुने बाटो नै देखाए”

तीसको दशकमा तत्कालिन नेकपा अनेक टुक्रामा विभाजित भएको थियो । त्यसै क्रममा पुष्पलाल समूहबाट रोहित, रुपलाल, केशव बडाल, कमरेड धुर्तलगायतका नेताहरु सो समूहबाट अलग भएर अलग क्रान्तिकारी पार्टी निर्माणको उद्देश्यसहित किसान संगठन निर्माण गरे । किसान, मजदूर, सुकुमबासी, दलित, बोटे, थारु, चेपाङलगायत जनताको तल्लो वर्गमा संगठन निर्माण गर्ने, जनसंघर्षलाई वर्ग संघर्ष र वर्ग संघर्षलाई सशस्त्र किसान विद्रोहमा विकास गर्ने नीति देखिन्छ । सशस्त्र किसान विद्रोहकै क्रममा कम्युनिस्ट पार्टी गठन गरेर अध्यक्ष माओको नीति अनुरुप नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने रणनीति लिइयो । त्यसक्रममा पाल्पा, नवलपरासी, चितवन, तनहुँ, पर्वत, स्याङ्जा, भक्तपुर, बारा, सर्लाही र जुम्लासहित विभिन्न जिल्लामा जालीफटाहा, गैडावस्ती, मोहियानी हक, जाली तमसुक, सुदखोर विरोधी संघर्ष भए ।

२०३४ असार ६ गते चितवनको पहाडका दलित, गुरुङ र चेपाङ समुदायले चितवन, जुगेडी बजारका सामन्तको विरुद्ध विद्रोह गरे । बजार नियन्त्रणमा लिएर सारा सम्पत्ति कब्जा गरे । विद्रोहीहरु जुगेडी बजारदेखि झण्डै ५ किलो मिटर पश्चिम पहाडमा गएर सामान बाँडफाँड र थप छलफल गर्दैगर्दा भरतपुरबाट गएको प्रहरीले गोली चलाउँदा सन्तबहादुर चेपाङ र दशरथ चेपाङ मारिए । गिरफ्तारमध्ये १ जनाको भरतपुर जेलमा मृत्यु भयो । दर्जनौंले वर्षौ जेलको सजाय भोगे ।

जुगेडी किसान विद्रोहको ऐतिहासिक महत्व केमा छ ? पहिलो, कैयौं सीमासहित दिर्घकालिन जनयुद्धद्वारा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने स्पष्ट राजनीतिक कार्यक्रमसहित भएको सशस्त्र विद्रोह भएकोले त्यसको विशेष महत्व छ । दोस्रो त्यो विद्रोहमा नेपालकै सर्वाधिक पछौटे, गरिव, उत्पीडित चेपाङ जाति सहभागी थिए । आशाखोले माइलो (कमरेड सुन्दर) जस्ता लडाकु, वर्ग सचेत नेताहरुको नेतृत्वमा सो संघर्ष भयो । तेस्रो, तीसको दशकमा नेकपाभित्र संशोधनवादले तहसनहस ।

२०७६ असार ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :