जिल्ला सेक्रेटरी चौहानको घरमा गुण्डा शैलीमा प्रहरीद्वारा लुटपाट (विज्ञप्तिसहित)

धनुषा : नेपाल कम्युनिस्ट पार्टीका धनुषा जिल्ला इन्चार्ज प्रकाशले आइतबार विज्ञप्तिमार्फत आफ्नो पार्टीका व्युरो सदस्य तथा धनुषा जिल्ला सेक्रेटरी मिथिला चौहानको घरमा प्रहरीले छापा मारी सामानहरु लुटपाट गरेर लगेकोप्रति घोर भत्र्सना तथा आपत्ति जनाएका छन् ।

जिल्ला इन्चार्ज प्रकाशले विज्ञप्तिमा भनेका छन्, ‘२०७६ असार १८ गते धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर स्थित हाम्रो पार्टीका व्युरो सदस्य तथा धनुषा जिल्ला सेक्रेटरी मिथिला चौहानको घरमा प्रहरीले छापा मारी गरेको छ । घरमा कोही नभएको समयमा दिउँसो ३ बजेतिर धनुषाधाम इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा आएको प्रहरी टोलीले उक्त नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकुमार साहको रोहबरमा घरको ताला तोडी घर खानतलासी गरिएको र घरमा भएका सामान (पुस्तकहरु, मसला कुट्ने खल र मुस्ली) सहित लुटपाट गरेर लगेको छ । घरभित्र भएका सामानहरु छरपस्ट पारिएको छ । साथै केही समय अगाडि प्रहरीद्वारा गैर मानवीय ढङ्गले गिरफ्तार गरिएका हाम्रो पार्टीका जिल्ला सदस्य तथा युवा संगठनका केन्द्रीय सदस्य धनुषाधाम नगरपालिका वडा नं. ३ सिकियाहीस्थित जाहिर राइनको घरमासमेत प्रहरीले घर खनतलासी गरी घरपरिवार र उक्त क्षेत्रका जनतामा त्रास र आतङ्क सिर्जना गरेको छ ।’

विज्ञप्तिमा प्रकाशले भनेका छन्, ‘राज्यद्वारा गरिएको यस प्रकारको गैर मानवीय हर्कतको हाम्रो पार्टी घोर विरोघ तथा भत्र्सना गर्दछ । मानव अधिकारसमेत हनन हुनेगरी गरिएको यस प्रकारको अन्याय र अत्याचारका विरुद्ध एकजुट हुन सम्पूर्ण उत्पीडित जनसमुदायलाई अपिल गर्दै पत्रकार, बुद्धिजीवी, मानव अधिकारकर्मी लगायतलाई उक्त घटनाको अनुगमन गरी सत्य तथ्य बाहिर ल्याई छानविनमा सहयोग गरिदिनुु हुन आग्रह गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ असार २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :