जिल्ला सेक्रेटरी एनआर्जन र धनसिंह गिरफ्तार

बुटवल: नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरो अन्तर्गत रहेको चुरे क्षेत्रका सेक्रेटरी एनआर्जन घर्ति र पार्टी सदस्य धनसिंह ठगुन्नालाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।

पार्टी कामको सिलसिलामा बुलिङ्टार गाउँपालिकास्थित अथरौलीबाट घर्ति र ठगुन्नालाई गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई कावासोती प्रहरी कार्यालयमा राखेको समाचार प्राप्त भएको छ ।

केपी–पिके दमनकारी सरकारले फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएपछि देशभर धरपकड तथा गिरफ्तार तीव्र पारेको छ भने केन्द्रीय नेतादेखि सर्वसाधारण शुभचिन्तकहरुलाईसमेत हिरासतमा लिई जेलमा राखेको छ ।

२०७६ जेठ २९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :