जातीय भेदभाव र राष्ट्रघाती सम्झौताविरुद्ध कडा संघर्ष गर्ने दलित मोर्चाको घोषणा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालले राष्ट्रघात र जातिय भेदभावका विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको छ । भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक पदम विश्वकर्माले शुक्रबार प्रेस विज्ञप्ति निकाली जातिय छुवाछुत, भेदभाव, हत्या शोषण दमन विरुद्ध अन्तरक्रिया गर्ने, परम्परागत दलितको पेशा ब्यवसायको संरक्षण गर्ने, दलाली भ्रष्टचार, अवैज्ञानिक कर, महँगी संंस्थागत नीतिगत शोषण ठगिको भण्डाफोर गर्ने, दलित मुक्तिको लागि राष्ट्रिय स्वाधिनता अपरिहार्य ठान्दै जनजागरण अन्तरकिृया गर्ने, सिमा अतिक्रण र इन्डोप्यासिफिक सैन्य रणनीतिमा अमेरिकन परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गर्ने र कोण सभा गर्ने लगायतका निर्णयहरु सार्वजनिक गरेका छन् ।

संयोजक विश्वकर्माले विज्ञप्तिमा भनेका छन्, ‘हिन्दुवर्णाश्रम व्यवस्थाद्वारा सदियौंदेखि लादिएको अन्याय अत्याचार शोषण दमनको अमानविय पशुतुल्य जीवन ज्युने गरिरहेका झण्डै ६० लाख नेपालका दलित समुदायको प्रतिनिधित्व गर्ने लोकप्रिय मुक्तिकामी संगठन दलित मुक्ति मोर्चा नेपाल भेरी कणाली क्षेत्रीय समन्वय समितिको दोस्रो पूर्ण वैठक दलित मुक्ति मोर्चाका भेरी कणाली संयोजक पदम विश्वकर्माको अध्यक्षता र दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डमर विश्वकर्माको विशेष उपस्थितिमा मिति २०७६ माघ १ गते ऐतिहासिक राजनीतिक दुरगामी महत्वका निर्णयहरुका साथ सम्पन्न भएको छ । सदियौंदेखि हिन्दुवर्णाश्रम व्यवस्थाद्वारा उत्पीडित दलित समुदाय राजनीतिक बञ्चितिकरण सामाजिक बहिस्कृत र सास्कृतिक अपहेलना, भेदभाव वा जातिय छुवाछुत शोषण, दमन, हत्या, लुटपाटको जातोमुनी पिल्सिएको र त्यसका विरुद्ध संघर्ष गर्नुको विकल्प नभएको निश्कर्षमा पुगेको छ । जनै लाउन पाउनुपर्ने, धार्मिक मठमन्दिरमा प्रवेश गर्न पाउनुपर्ने, सुधारात्मक आन्दोलनदेखि दलित समुदायको आरक्षणको अधिकार र विशेष अधिकारको सुनिश्चिताकोलागि राजनीतिक संघर्षरत दलित मुक्ति मोर्चा नेपाल दलित मुक्तिकामी दलित समुदायको लोकप्रिय मोर्चा संगठन हो ।’

विश्वकर्माले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘स्थापना कालदेखि उत्पीडित दलित समुदायको मुक्तिको निम्ति प्रजातान्त्रिक क्रान्तिदेखि जनवादी क्रान्तिमा शसक्त संगठनको रुप दिंदै आएको छ । संसदीय बहुदलिय व्यवस्था र संघीय लोकतान्त्रिक व्यवस्थाले दलित समुदायको मुक्ति आन्दोलनमा घात दिएको छ । धोका र गद्दारीको धक्का खाएको छ । मोर्चा आफ्नो विचार राजनीति र सिद्धान्तप्रति निष्ठाको परिपालक र मुक्तिकामी दृढ संकल्पको पहिचान दिंदै सयौं दलित समुदायको बलिदान, हजारौं घाइते, दर्जनौं वेपत्ताको सम्मान गर्दै धोका र गद्दारीका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको स्मरण गराउँदछौं । जनयुद्ध मासेर ल्याएको सामान्तवाद र साम्राज्यवादको अवैध सम्बन्धबाट स्थापित संघीय लोकतान्त्रिक संसदीय दलाल पुँजीवादी व्यवस्था साम्राज्यवादको नोकर कारिन्दा लडुभित्रको विष जस्तै नाममा नयाँ काम र व्यवहारमा पुरानै हिन्दुवर्णाश्रम पुँजीवादी खुनिवादी विभेदकारी निरंकुश, फासिवादी व्यवस्था हो । सर्पले आफ्नै बच्चा निलेर आहार पुर्ति गरे जस्तै उत्पीडित जाति वर्ग क्षेत्र र लिङ्गको त्याग तपस्या र बलिदानबाट हुर्केका कम्युनिस्ट नेता र लोकतान्त्रिक व्यवस्थाले त्यहि वर्गलाई निलिरहेको छ । राष्ट्रघात, भ्रष्टाचार, सामाजिक विकृतिको दैनिकी कर्म धर्मको खेलो गरिरहेको छ ।’

मोर्चाका संयोजक विश्वकर्माले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘उत्पीडित समुदायको अबको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था नै हो । यो व्यवस्थाले प्रतिक्रान्ति र धोका गद्दारी निषेध गरी उत्पीडित समुदायको मुक्तिको सुनिश्चितता गर्दछ । त्यस कारण दलित मुक्ति मोर्चा नेपाल एकीकृत जनक्रान्तिलाई स्वीकार गर्दछ । दलित मुक्ति आन्दोलन एकीकृत जनक्रान्तिसँग एकाकार छ । आगामी योजना मोर्चा संगठनले विभिन्न भेला सम्मेलन जनसभा कार्यक्रम गर्ने दलित मुक्तिको लागि राष्ट्रिय स्वाधिनता अपरिहार्य ठान्दै जनजागरण अन्तरक्रिया गर्ने, सिमा अतिक्रमण र इन्डोप्यासिफिक सैन्य रणनीतिमा अमेरिकन परियोजना एमसीसी सम्झौता विरुद्ध प्रदर्शन, कोणसभा गर्ने, जातिय भेदभाव, छुवाछुत र हत्या शोषण दमन विरुद्ध अन्तरक्रिया गर्ने, परम्परागत दलितको पेशा व्यवसायको संरक्षण गर्ने, दलाली भ्रष्टाचार, अवैधानिक कर, महँगी संस्थागत नीतिगत शोषण ठगि र जातिय भेदभावको भण्डाफोर कडा संघर्ष गर्ने, निद्रोष गिरफ्तार दलित नेता कार्यकर्ताको रिहाइको माग गर्दै संघर्ष गर्ने । यो संघर्ष र दलित मुक्ति आन्दोलनमा विभिन्न पेशा व्यवसायी इमान्दार राजनीतिककर्मी, शिक्षक बुद्धिजीवि, कर्मचारी, सेना पुलिस देशभक्त, परिवर्तनकारी महानुभाव सम्पूर्ण जनसमुदायमा सहयोग गर्न अपिल गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :