जनस्वास्थ्यकर्मी महासंघद्वारा प्रकाश चन्दलगायत १५ जनालाई तुरुन्त रिहा गर्न माग


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले केन्द्रीय महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक प्रकाश चन्दलगायत १५ जनालाई चितवन प्रहरीले २०७६ भदौ २५ गते विहान ९ बजे चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको घटनाको घोर आपत्ति र भत्र्सना गरेको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीकाप्रसाद कडेलले बुधबार एक विज्ञप्ति निकाली प्रकाश चन्दको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले विगत १५ दिनदेखि चिकित्सा शिक्षामा सुधार हुनुपर्ने, माफियाकरण बन्द हुनुपर्ने, जनताका छोरा छोरीहरुले सहज र सुलभ रुपमा चिकित्सा शिक्षा समयानुसार गुणात्मक सुधार गरिनुपर्ने तथा चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने जस्ता समय सापेक्ष मागहरु राखी देशैभरी आन्दोलित भइरहेकोमा दुई तिहाईको सरकारले धरपकड बन्द गरी गिरफ्तार महासचिव लगायत सम्पूर्णको सम्मान जनक रिहाइको साथै झडपमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न जोडदार माग गर्दै मागहरु पूरा नगरे महासंघ उच्च स्तरको संघर्ष सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

महासंघका अध्यक्ष टीकाप्रसाद कडेलले विज्ञप्तिमा भनेका छन्, ‘अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक प्रकाश चन्दलगायत १५ जनालाई चितवन प्रहरीले २०७६ भदौ २५ गते विहान ९ बजे चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेकोमा हाम्रो महासंघ घोर आपत्ति प्रकट गर्दछ । प्रकाश चन्दको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले विगत १५ दिनदेखि चिकित्सा शिक्षामा सुधार हुनुपर्ने, माफियाकरण बन्द हुनुपर्ने, जनताका छोरा छोरीहरुले सहज र सुलभ रुपमा चिकित्सा शिक्षा समयानुसार गुणात्मक सुधार गरिनुपर्ने तथा चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने जस्ता समय सापेक्ष मागहरु राखी देशैभरी आन्दोलित भइरहेकोमा दुई तिहाईको सरकारले उचित मागहरुको सम्बोधन गरी चिकित्सा शिक्षामा सुधार गरी सस्तो र सर्वसुलभ तरिकाले औषधी उपचार गर्न पाउनुपर्ने जनताको नैसर्गिक मागहरु पूरा गर्नुको सट्टा दमन र धरपकडमा उत्रिनु निन्दनीय छ । तसर्थ हाम्रो महासंघ चिकित्सा शिक्षा संघर्ष समितिले पेश गरेका मागहरु पूरा गरी स्वास्थ्य शिक्षामा सुधार गर्न, स्वास्थ्य शिक्षालाई माफियाकरणबाट मुक्त गर्न र सर्वसाधारण जनताले सहज रुपमा औषधोपचारको सेवा प्राप्त गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछ । साथै धरपकड बन्द गरी गिरफ्तार महासचिव लगायत सम्पूर्णको सम्मान जनक रिहाइको साथै झडपमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न जोडदार माग गर्दछ अन्यथा यी मागहरु पूरा गराउन महासंघ उच्च स्तरको संघर्ष सञ्चालन गर्न बाध्य हुने कुरा अवगत गराउन चाहन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :