जनसरकारले राहत बाँड्यो

भीमबहादुर खड्का/चितवन, साउन ३१ः बुढीराप्तीको बाढीबाट डुबानमा परेको रनपा–५, रमाइलोबस्ती, बाघमाराको सुकुमबासी बस्तीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले राहत सामाग्री वितरण गरेको छ । २१ पीडित परिवारलाई प्रतिपरिवार एकएक बोरा चामल, दाल, नुन–तेल, भुजा, चिउरा र जीवनजलसहित प्राथमिक उपचारका औषधीसमेत वितरण गरिएको हो । नेकपा, चितवन इन्चार्ज लालबहादुर बीसी र जनसरकार प्रमुख मिनप्रसाद सापकोटाको नेतृत्वमा एक कार्यक्रम आयोजना गरी सो राहत वितरण गरिएको हो । नेकपाले नेता तथा कार्यकर्ताहरू देशव्यापी उद्धार र राहत कार्यमा जुट्न निर्देशन गरेलगत्तै चितवनमा राहत वितरण गरिएको हो । चितवनमा बाढीले ५ जनाको मृत्यु र ३ जना वेपत्ता भएका छन् । सरकारले उद्दार तथा राहतमा उदासिनता देखाइरहेको बेला नेकपाले भने देशभर राहत र उद्दारमा तदारुकता देखाइरहेको छ ।

२०७४ साउन ३१ गते ३ः३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :