जनश्रमदान अभियानमा नेकपाका नेता कार्यकर्ताहरु


पाँचथर : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु पाँचथरका विभिन्न गाँउ बस्तीमा किसानहरुको खेतबारीमा जनश्रमदान गर्न थालेका छन् ।

नेता तथा कार्यकर्ताहरुले पाँचथरको याङबरक गाउँपालिका, फागुनन्द गाउँपालिका, मिक्लाजुङ गाउँपालिका लगायतका विभिन्न स्थानमा जनश्रमदान गरेका छन् । जनताको पार्टी भएको नाताले जनतासँग सुखदुःख साट्ने र जनताकै न्यायका लागि निरन्तर काम गरिरहने जिल्ला इन्चार्ज विकल्पले बताएका छन् ।

यसअघि पुर्वका जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, झापा, सुनसरी लगायतका विभिन्न जिल्लामा नेकपाका कार्यकर्ताले मजदुर किसानहरुको घरमा गएर दाउरा चिर्ने, खेतबारी खनजोत गर्ने, मकै गोड्ने लगायतका काम गरेको बताएका छन् ।

नेकपा पाँचथरका जिल्ला सेक्रेटरी विजयका अनुसार आफ्नो पार्टी नेपाली जनताको पार्टी भएकाले किसान मजदुरसँगै काम गर्ने अभियान थालेको बताएका छन् । उनले भने, सरकारले हामीलाई जबर्जस्ती अपराधी बनाउन खोजेपनि जनताको मनमा हामिनै छौँ र हामी जनताको न्यायका लागि र हक अधिकारकालागि जस्तोसुकै मूल्य चुकाउन तयार छौँ । हामी कुनै अपराधी होइनौं र हामी जनताको पार्टी भएको नाताले जनताको माझमै रहेर काम गरिरहेका छौँ ।

२०७६ साउन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :