जनयुद्ध दिवसको पूर्वसन्ध्यामा ठाउँठाउँमा मसाल जुलुस


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले २५ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा देशका विभिन्न जिल्लामा मसाल जुलुस निकालेको छ ।

कालीकोटबाट प्राप्त समाचारअनुसार जिल्लाका नरहरिनाथ गाउँपालिका, पलाता गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, शुभकालिका गाउँपालिका, रास्कोट नगरपालिका, माहावै नगरपालिका, खाँडाचक्र नगरपालिकालगायत विभिन्न ठाउँमा मसाल जुलुस निकालिएको छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती, खैरेनी र कास्कीको मादी गाउँपालिका, रुपा गाउँपालिकालगायत पोखरा महानगरका विभिन्न ठाउँहरुमा पनि मसाल जुलुस निकालिएको छ ।

यसअघि नेकपाले विभिन्न ठाउँमा नाराहरूद्वारा जनतालाई जनयुद्ध दिवसको स्मरण गराएको थियो । नेकपाले साताव्यापी भव्य रूपले मनाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत कालीकोटमा पनि विभिन्न कार्यक्रम गर्दै २५ औँ जनयुद्ध दिवस मनाइने नेकपा कालीकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :