जनयुद्ध दिवसको अवसर पारेर पार्टी प्रवेश

काठमाडौँ : जनयुद्ध दिवसको अवसर पारेर माओवादी कम्युनिस्ट केन्द्रका केन्द्रीय सदस्य  मुक्तक लामा सहितका नेताकार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । माओवादी कम्युनिस्ट केन्द्रका केन्द्रीय सदस्य लामासँगै सो पार्टीका धादिङ अध्यक्ष प्रभाकर लामा, माओवादी केन्द्रकै युवा संगठनका काभ्रे संयोजक सोलमन लामा र रामेछाप संयोजक बिगुल तामाङ लगायतका नेताकार्यकर्ताहरु फागुन १ गते विद्रोही नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरु प्रचण्डहरुले जनयुद्धलाई संसदवादको भुमरीमा फसाएको ,जनयुद्धका सपनाहरुमा कुठाराघात गरेको र क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनै सच्चा कम्युनिस्ट पाटी भएको निस्कर्ष निकाल्दै नेकपामा प्रवेश गरेका हुन् । जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते काठमाडौँमा आयोजीत एक कार्यक्रम मार्फत उनीहरुले विज्ञप्ति निकालेर नेकपामा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रीय सदस्य खेम प्रधानले स्वागत गरेका थिए ।

        यसैबीच जनगणतान्त्रिक सम्पर्क मन्चले काठमाडौँमा जनयुद्ध दिवस मनाएको छ। प्रशासनले खुला रुपमा सभा गर्न नदिएपछि काठमाडौँकाे खिचापोखरीमा भेला भएर सम्पर्क मन्चका नेताकार्यकर्ताहरुले शुभकामना साटासट गर्दै जनयुद्ध दिवस मनाएको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :