जनताकै बीचमा जनयुद्ध दिवस, प्रहरीले मेट्यो जनयुद्धका नारा


उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरमा प्रहरीले जनयुद्ध दिवसका नारा मेटेको छ । जिल्लाको चौदण्डी नगरपालिका वडा नं. १ कटहरेमा प्रहरीले नेकपाका नाराहरू मेटेको हो । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानका क्रममा लेखिएका नाराहरू सशस्त्र र जनपद प्रहरीले मेटेको जानकारी अभियान टोलीका प्रमुखसमेत रहेका नेकपाका केन्द्रीय सदस्य सञ्जीवले दिए । प्रशासनले अभियानमा हिँडेका जनतालाई आतङ्कित बनाएको उनले बताए ।

नेता सञ्जीवका अनुसार नेकपा उदयपुरले जनताका बीचमा श्रम गरेर २४ औँ जनयुद्ध दिवस मनाएको छ । सहिद सप्ताहका अवसरमा विशेष सांस्कृतिक कार्यक्रम, जनसभा, छलफल र वैचारिक प्रशिक्षण गरी साताव्यापी जनयुद्ध दिवस मनाइने सञ्जीवले बताए ।

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :