चोरीका आरोपी खनियाँद्वारा डा. गोविन्द केसीलाई भड्काउँदै

काठमाडौंः त्रिभुवन विश्वविद्यायलका उपकूलपति तीर्थराज खनियाँले प्रा.डा. गोविन्द केसीलाई भड्काउने हर्कत गरिरहेका छन् । खनियाँ चितवन, रनपा निवासी काँग्रेसी कार्यकर्ता हुन् । उनलाई चितवनमा उपकूलपतिभन्दा काँग्रेसी कार्यकर्ताका रुपमा धेरैले चिन्छन् । संविधानसभा–२ मा उनले सांसदको टिकट पाउने हल्ला भएपनि अन्ततः काशीनाथ अधिकारीले पड्काएका थिए ।

काठमाडौं घट्टेकुलोमा २०६९ सालमा व्यापारिक प्रयोजनका लागि बसरुद्धिन अन्सारीले बनाएको तर ब्यापार नचलेको भवनलाई प्रा.डा. तीर्थराज खनियाँले अस्पतालको लागि सम्बन्धन दिएपछि विवाद चुलिएको छ । सो कथित कलेजमा न अस्पताल छ, नत अस्पताल चल्न सक्ने प्रकृतिको संरचना नै छ । व्यापारिक प्रयोजनको लागि निर्मित सोही भवनलाई ‘काठमाडौं नेशनल मेडिकल कलेज’ को मान्यता दिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि सो दलाली पेशामा संलग्न भएको आशंका छ । काँग्रेस कार्यकर्ता खनियाँलाई यस अघि नै टर्की विश्वविद्यालयका सहप्राध्यापकको आर्टिकलको सूचना चोरेको आरोप लाग्दै आएको हो । उनलाई फेरिट किलिकायाको मूलअंश चोरी गरेर पेश गरेको आरोप लाग्दै आएको छ । सहकर्मीहरुसँग पनि उनको राम्रो सम्बन्ध छैन । खनियाँको भूमिकाले चौतर्फी आक्रोस चुलिएको छ । नागरिक स्तरबाट नै त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठी, रजिष्टार डिल्लीराम उप्रेतीसमेतको छानविनको माग उठेको छ । प्रा.डा. गोविन्द केसीले खनियाँलाई बर्खास्त नगरिए तत्काल आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

२०७४ भाद्र ७ गते ४ः०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :