चीन आक्रोशित

roundtable-bबेइजिङ / बिबिसी, साउन २ : चीनले आफ्नो भूमिमा बसिरहेका भारतीय सेनालाई तत्काल चिनियाँ भूमि छोड्न अन्यथा ‘लाजमर्दो स्थितिको सामना गर्न तयार रहन’ चेतावनी दोहो¥याएको छ । चीनले भारतीय सेना अतिक्रमित भूमिबाट बाहिर नगएसम्म कुनै प्रकारको वार्तासमेत अस्विकार गरेको छ । “हाम्रो अधिकारिक अडान नै वार्ताका लागि भारतले आफ्ना सेना निसर्त फिर्ता गर्नुपर्छ’’ चिनियाँ कुटनीतिज्ञ हु सिसेङले भनेका छन् । डोक्लाम क्षेत्र भुटानको भएको र भुटानको सुरक्षा भारतको भएकोले आफू सो क्षेत्रमा गएको भारतीय दावी छ । तर भारत र भुटानका बीचमा त्यसप्रकारको पुरानो सम्झौता गत वर्षनै खारेज भैसकेको भएपनि भारतले परम्परागत सैन्य व्यवहार जारी राखेको छ । डोक्लाम क्षेत्र भुटानको भएकोले त्यहाँ निर्माणधीन चिनियाँ सडकले आफ्नो देशको सुरक्षामा चुनौती थपिएको भारतीय पक्षको दावी छ । भारतीय सुरक्षा सल्लाकार अजित डोभल जुलाई २७ र २८ गते बेइजिङ भ्रमणमा जाँदै छन् । त्यसपछि परिस्थिति निर्णयक दिशामा मोडिने आँकलन गरिएको छ । चीनले भारतलाई सन् २०१३ र २०१४ मा काश्मीरमा भएको भारत–पाकिस्तान–चीनको त्रिदेशीय दावी भएको सो क्षेत्रको भीडन्त जस्तै सामान्य रुपमा नलिन पनि चेतावनी दिएको छ । विवादित क्षेत्रमा भएको भारत सरकार र विपक्षी संयुक्त बैठकमा विपक्षीहरुले सरकारलाई चीनसँगको सीमा विवाद शान्तिपूर्ण रुपले समाधान गर्न दवाव दिएको भारतीय सञ्चारहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :