चीनमा फसिरहेका नेपाली विद्यार्थी र नागरिकलाई तत्काल नेपाल ल्याऊ : अखिल (क्रान्तिकारी)


काठमाडौँ : अखिल (क्रान्तिकारी)ले कोरोना भाइरसको भयावह महामारीका कारण चीनमा फसिरहेका नेपाली विद्यार्थी र नागरिकलाई तत्काल स्वदेश ल्याउन जोडदार माग गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

उनले जारी गरेको ‘चीनमा रहेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न माग’ शीर्षक विज्ञप्तिमा भनिएको छ, ‘चीनमा फैलिएको प्राणघातक नोभल कोरोना भाइरस र त्यसबाट भएको जनधनको क्षतिप्रति हाम्रो सङ्गठन गहिरो समवेदना एवं दुःख व्यक्त गर्दछ । साथै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट सचेत रहन र नियन्त्रणमा सफलता प्राप्तिका निम्ति चिनियाँ सरकार र जनतालाई शुभेच्छा व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा चीनको हुवेई प्रान्त र त्यसको राजधानी उहान सहरबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ८०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ र ३७ हजारभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ । विभिन्न देशहरूले चीनमा भएका आफ्ना नागरिकहरूलाई आफ्नो देश फर्काइसकेको अवस्थामा अहिलेसम्म पनि १८५ जना विद्यार्थी र अन्य नागरिकहरूलगायत उहानमा बन्धक र स्वदेश फिर्ताको प्रतीक्षामा भएको स्थितिप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले नागरिकहरूको जीवनप्रति प्रदर्शन गरेको हदैसम्मको लापरबाही एवम् गैरजिम्मेवारपनप्रति हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्र्सना गर्दछ । साथै सम्बन्धित निकायलाई तत्काल आवश्यक पहल गरी चीनमा बन्धक अवस्थामा रहेका र जीवनरक्षाको माग गरिरहेका नेपाली नागरिकहरूलाई तत्काल उद्धार गरी स्वदेश ल्याउन जोडदार माग गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :